~पुस्तक समीक्षा~ चेतनाको बिस्कुन र जिजीविषाको स्वरको आलोकमा सरस्वती मावि
– नन्दलाल आचार्य
सरस्वती माध्यमिक विद्यालय, दिक्तेल (खोटाङ) को पाँचौँ मुखपत्र केवल एउटा विद्यालयको वार्षिक प्रकाशन मात्र होइन; यो त त्यस क्षेत्रको बौद्धिक उर्वरता, शैक्षिक-सांस्कृतिक चेतना र सिर्जनात्मक सामर्थ्यको जीवन्त ऐना हो । शिक्षालाई पाठ्यपुस्तकको घेराबाट बाहिर निकालेर जीवन र जगतसँग जोड्ने एउटा दार्शनिक सेतुका रूपमा यस मुखपत्रलाई लिन सकिन्छ ।
१. प्रतिवेदनभित्रको सपना-
मुखपत्रको उघा...









