अनेसास न्युयोर्क च्याप्टरद्वारा वरिष्ठ साहित्यकार कमला प्रसाईँका तीन कृतिको भव्य लोकार्पण

अनेसास न्युयोर्क च्याप्टरद्वारा वरिष्ठ साहित्यकार कमला प्रसाईँका तीन कृतिको भव्य लोकार्पण
सुन्दरहरैँचा / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा वरिष्ठ साहित्यकार तथा समाजसेवी कमला प्रसाईँका तीन महत्वपूर्ण कृतिहरू— ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह),‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) — को भव्य लोकार्पण कार्यक्रम न्युयोर्कस्थित नेपाली भान्छाघरमा सम्पन्न भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। अनेसास न...