बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने
माेरङ / हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेत आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उनी हालै गठन भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट उम्मेदवार बन्ने भएका हुन् ।
बस्नेतलाई मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने विषयमा अनौपचारिक तहमा बलियो तयारी भइरहेको पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंले बताए । यद्यपि, पार...









