दम्भको पतन र परिवर्तनको हुङ्कार

दम्भको पतन र परिवर्तनको हुङ्कार
- छवि वैरागी घिमिरे नेपालको राजनीति आज एउटा निर्णायक मोडमा उभिएको छ। यो केवल चुनावी प्रतिस्पर्धा होइन। यो पुरानो मानसिकता र नयाँ चेतनाबीचको सङ्घर्ष हो। दशकौँदेखि सत्ता वरिपरि घुमिरहेकाहरूले राज्यलाई आफ्नै सम्पत्ति जस्तो ठान्ने भूल गरे। परिणामस्वरूप जनतामा निराशा,आक्रोश र परिवर्तनको तीव्र चाहना जन्मियो। लामो समयदेखि सत्ता चलाउँदै आएका नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेकपा म...

भरोसाको राजनीति : नाराभन्दा ठूलो जनताको विश्वास

भरोसाको राजनीति : नाराभन्दा ठूलो जनताको विश्वास
- मणिराम दाहाल राजनीतिमा नारा, भीड र भाषण धेरै सुनिन्छन्। चुनावको समयमा सडक, चोक, गल्ली र सामाजिक सञ्जाल नाराले भरिन्छन्। तर इतिहासले बारम्बार प्रमाणित गरेको एउटा सत्य छ—राजनीतिमा नारा भन्दा भरोसा ठूलो हुन्छ, भींड भन्दा विश्वास ठूलो हुन्छ। जनता कहिल्यै पनि सधैं बोलिरहँदैनन्। उनीहरू धेरै समय चुपचाप हेरिरहेका हुन्छन्, सुन्दै हुन्छन् र मूल्याङ्कन गर्दै हुन्छन्। यही धैर्यता कतिपय नेताहरूले कमजोर...

~पुस्तक समीक्षा~ चेतनाको बिस्कुन र जिजीविषाको स्वरको आलोकमा सरस्वती मावि

~पुस्तक समीक्षा~ चेतनाको बिस्कुन र जिजीविषाको स्वरको आलोकमा सरस्वती मावि
– नन्दलाल आचार्य ​सरस्वती माध्यमिक विद्यालय, दिक्तेल (खोटाङ) को पाँचौँ मुखपत्र केवल एउटा विद्यालयको वार्षिक प्रकाशन मात्र होइन; यो त त्यस क्षेत्रको बौद्धिक उर्वरता, शैक्षिक-सांस्कृतिक चेतना र सिर्जनात्मक सामर्थ्यको जीवन्त ऐना हो । शिक्षालाई पाठ्यपुस्तकको घेराबाट बाहिर निकालेर जीवन र जगतसँग जोड्ने एउटा दार्शनिक सेतुका रूपमा यस मुखपत्रलाई लिन सकिन्छ । ​१. प्रतिवेदनभित्रको सपना- ​मुखपत्रको उघा...

छवि वैरागीको विविशारा उपन्यासमाथि महाकाव्यकार होमनाथ घिमिरेले गरे छन्दमा समीक्षा

छवि वैरागीको विविशारा उपन्यासमाथि महाकाव्यकार होमनाथ घिमिरेले गरे छन्दमा समीक्षा
विविशारा,वसन्ततिलका - होमनाथ घिमिरे यौटा कथा "विपन"को जब पढ्न थाल्छु ! गम्भीर बन्छु मनमा घटना नियाल्छु ! जन्मेछ बालक जहाँ घर गाउँ आज । देख्दैछु दुर्गम अझै परको समाज !१। * खेती किसान कृषिमा जब युग्मसाथ ! बुन्छन् अनेक सपना मनमा छ खात ! छन् प्रेमका लगनमा किन भिन्न जात । हुन्नन् खुसी हृदयमा धमिलो प्रभात !२। * दैवीप्रकोप घटना कति कष्टदायी ! पैह्रो छ दुस्मन त्यहाँ परिवारलाई ! माता ...

कविता : “यहाँ मान्छेहरू “

कविता : “यहाँ मान्छेहरू “
यहाँ मान्छेहरु आज ढुङ्गा जस्तो भएछन यहाँ मान्छेहरु आज डुङ्गा जस्तो भएछन। कति स्वार्थी छ मान्छे! कति निठुरी छ मान्छे! मालीलाई टाढा बनाएर, फुलबारीका फुलहरुलाई छिन्नभिन्न पारेर आफू स्वार्थी भएको छ आज मान्छे। हिजो हिमालमा गुराँस हाँसेर फुलेजस्तो लाग्दथ्यो आज हिमाल नै रोएर फेरि गुँरास मागेजस्तो लाग्छ । कति बगाउँदछौ ए मान्छेहरु! हाम्रा गुराँसका थुँगाहरु बाग्मती अनि गण्डकीमा ! सँगालेर राख ...

गजल

गजल
• सिजन श्रेष्ठ तिमीसँगै सुस्ताउन कठिन थियो त्यो रात । किनभने मेरो साथमा जमिन थियो त्यो रात। फूलले घोच्न थालेपछि काँडा आफैँ फुल्न थाल्यो, काँडैकाँडा टेकिहिँड्नु समीचीन थियो त्यो रात। मेरो आदेश सुन्नासाथै जम्मै तारा भुइँमा झरे, ब्रह्माण्डमा मात्र मेरै अधीन थियो त्यो रात । अँध्यारोको सामीप्यमा सधैँ रम्ने बानी मेरो , भन्दै आफ्नै सबथोक लुट्न तल्लीन थियो त्यो रात। तिमीले उचालेका पाइ...

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू

रामविक्रम थापाको गजलले जन्माएका अनुभूतिहरू
– लक्ष्मी रिजाल म खोटाङको पहाडी धरातल (ज्यामिरे) मा जन्मीहुर्केकी नारी हुँ । अहिले म सप्तरीको रूपनगरमा रहे पनि, जहिल्यै मेरो मनमा ज्यामिरे माटोको सुगन्ध सधैँ टाँसिएको हुन्छ । पहाडको ढुङ्गे बाटो र तराईको समथर फाँट दुवैको अनुभवले मलाई धेरै कुरा बुझ्न सिकाएको छ– परिवर्तन केवल भूगोलमा होइन, मानिसको मनमा पनि हुन्छ भनेर । आज रामविक्रम थापाको यो गजल पढ्दा, मलाई पचासको दशकको त्यो खोटाङको सम्झना आयो...

किरात सभ्यता र आधुनिक कोशी प्रदेश

किरात सभ्यता र आधुनिक कोशी प्रदेश
- खेमचन्द्र वस्ती कोशी प्रदेश नेपालको पूर्वी भू-भागमा अवस्थित ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्रशासनिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो । यस प्रदेशको भूगोल प्राकृतिक स्रोत, जातीय विविधता, सांस्कृतिक परम्परा र ऐतिहासिक ...

सुनमा त्यस्तो के छ हँ सुनमाया…. ?

सुनमा त्यस्तो के छ हँ सुनमाया…. ?
- मणिराम दाहाल कवि , साहित्यकार तथा शिक्षासेवी रामविक्रम थापाकाे कविता : सुनमा त्यस्तो के छ हँ सुनमाया ? लाई निहालेर हेर्दा सुनको मोह र समाजको भ्रम देखियाे । अहिले सुनकाे भाउ ताेलाकाे रू २ लाख ५० हजार भन्दा बढी छ । समकालीन नेपाली समाज भौतिक मोह, आडम्बर र बनावटी मूल्य–मान्यताले गहिरो रूपमा ग्रस्त छ। यही यथार्थलाई केन्द्रमा राखेर रामविक्रम थापाले आफ्नो कविता “सुनमा त्यस्...

कविता – तिमी बन्न नसकेर…

कविता  – तिमी बन्न नसकेर…
• सिजन श्रेष्ठ तिमीले भुल्यौ होला यस्तो थियो त्यो एक दिन सबैलाई सबैथोक बन्ने छुट थियो पहिला– आकाश भएँ म । पहाड भएँ त्यसपछि र, खेलेँ जङ्गलमा रूखहरूसँग लुकामारी । नदी भएर बगेँ निकै पर...सम्म र, छोएँ अलिकति तिम्रो पैतालालाई । तैरिएँ आकाशमा इन्द्रेणी बनेर । इन्द्रेणी भएको ‘म’लाई तुरुन्तै खिच्यौ तिमीले बिजुली बनेर । कति चाँडो चाँडो कछुवा भएँ म भएँ माछा घाम भएँ ...