अधिकृत स्तरीय अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरू
माेरङ / शिक्षासँग सम्बन्धित विभिन्न नीति, नियम, कानुन, निर्देशिका तथा मापदण्ड र वार्षिक कार्यक्रम कार्यान्वयनका विषयमा कोशी प्रदेश स्तरीय अधिकृत अभिमुखीकरण कार्यक्रम विराटनगरमा सुरु भएको छ।
पुस १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू, १३७ वटा स्थानीय तहका शिक्षा अधिकृतहरू, शिक्षा तालिम केन्द्र, सामाजिक विका...









