सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचामा “हिँडौँ समृद्धिका लागि” भन्ने नारासहित “रन सुन्दरहरैँचा” कार्यक्रम आयोजना हुने भएको छ ।

सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी असार १५ गते कार्यक्रम गरिने जनाइएको छ । “अब सुत्नेन् सुन्दरहरैँचा : अब जागौँ, केही गरौँ यो देशमा” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा स्वास्थ्य, सामाजिक एकता, उज्ज्वल भविष्य र समृद्ध नेपालको अभियानलाई जोड दिइएको छ ।

कार्यक्रममा सहभागी हुन चाहनेका लागि दर्ता शुल्क १०० रुपैयाँ तोकिएको छ । उक्त शुल्कमा टी–शर्ट समेत उपलब्ध गराइने आयोजकले जनाएको छ । दर्ताका लागि सुन्दरहरैँचा उद्योग वाणिज्य संघ सचिवालय,पूर्वाञ्चल पाेलिमर एक्राेलिक, सार्वजनिक शौचालय सलकपुर, सुकुना सामुदायिक अस्पताल, मेघा डिपार्टमेन्ट स्टोर, कञ्चनजंघा इन्टरप्राइजेज प्रालि, KFC फर्निचर तथा बजाज शोरुम लगायतका स्थानमा व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया