मणिराम दाहाल / सुन्दरहरैँचा
माेरङकाे सुन्दरहरैँचा १२ स्थित सुकुना बचत तथा ऋण सहकारी संस्था लि. काे २७ अाैँ वार्षिक साधारण सभा
सम्पन्न भएको छ ।
संस्थाकाे साधारण सभा शनिबार सुकुना बहुमुखी क्याम्पसकाे सभा हलमा भएको थियाे। सुकुना साकाेसकाे साधारण सभामा संस्थाका अध्यक्ष टिकाप्रसाद कट्टेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वि.स २०५६ सालमा स्थापना भएको सुकुना सहकारीले विविध आर्थिक तथा सामाजिक गतिविधि गरेर समाज रूपान्तरमा टेवा पु-याएकाे उल्लेख गरे । कार्यक्रममा आन्तरिक लेखा सुपरिवेक्षण समितिकाे प्रतिवेदन लेखा समितिका संयाेजक हाेमप्रसाद खनालले प्रस्तुत गरेका थिए ।
साधारण सभाकाे कार्यक्रममा पुरस्कार र प्रसंसापत्र वितरण , चिठ्ठाकाे कार्यक्रम , नयाँ सदस्य स्वागत तथा छलफल प्रतिवेदन पारित लगायत विविध गतिविधि भएको संस्थाका व्यवस्थापक शारदा ढकालले जानकारी दिए ।
कार्यक्रमकाे अवसरमा संस्थाका सदस्य नरेन्द्र बस्नेतका बुहारी प्रितिका बस्नेतलाई एमफिल (MPHIL) गरेकाेमा प्राेत्साहन स्वरूप रू २५ हजार रूपैया प्रदान गरि सम्मानित गरिएकाे थियाे । संस्थामा नियमित बचत तथा ऋण काराेबार गर्ने महिला र पुरूष सदस्यलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनेमा नियमित ऋण काराेबार तर्फबाट प्रेमबहादुर श्रेष्ठ तथा लिला कार्की रहेका छन् । साथै नियमित बचत काराेबारमा कुलबहादुर थापा तथा उमादेवी मास्के रहेका छन् ।
सुकुना साकाेसकाे २७ अाैँ वार्षिक साधारण सभामा संस्थाका सल्लाहकार सदस्य देवेन्द्रकुमार मास्के सञ्चालक समिति सदस्य नवराज चापागाईं, सुन्दरहरैँचा उवासका अध्यक्ष नारायण कार्की लगायतले बाेलेका थिए ।सुकुना सहकारीमा हाल ३६६ सेयर सदस्य रहेका छन्। शेयर पूजीँ ३ कराेड ३७ लाख १७ हजार तथा जम्मा बचत ११ कराेड ८८ लाख ५६ हजार ४ सय ६६ रहेको छ । साथै जम्मा ऋण लगानीमा १२ कराेड ४१ लाख १९ हजार १ सय ९१ रहेको उल्लेख गरिएको छ ।





