सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सभापति देवराज तामाङले सुन्दरहरैँचा नगरपालिका–५ का अग्रज व्यक्तित्व तथा पार्टीका नेता–कार्यकर्तासँग समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण र स्थानीय विकासका विषयमा अन्तरक्रिया तथा छलफल गरेका छन्।

छलफल कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का उपसभापति रामप्रसाद रिजाल, नेपाली कांग्रेस सुन्दरहरैँचा–५ का सभापति घनश्याम न्यौपानेसहित स्थानीय अग्रज व्यक्तित्व, जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति देवराज तामाङले पार्टीलाई थप सशक्त, एकताबद्ध र जनमुखी बनाउन यस्ता नियमित छलफल र संवाद अपरिहार्य रहेको बताए। उनले जनताको भावना,आवश्यकता र स्थानीय समस्यालाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो भूमिका अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए।
“नेपाली कांग्रेस सधैं लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र विकासको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो,” तामाङले भने, “जनताको विश्वास कायम राख्न नेता–कार्यकर्ता निरन्तर जनतामाझ पुग्नुपर्छ। संगठनभित्रको एकता, आपसी सहकार्य र सक्रियताले मात्रै पार्टीलाई थप मजबुत बनाउन सक्छ।”

छलफलका क्रममा सहभागीहरूले स्थानीय विकास निर्माण, संगठन विस्तार, आगामी राजनीतिक रणनीति तथा जनसरोकारका विविध विषयमा आ–आफ्ना धारणा राखेका थिए। उनीहरूले जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै संगठनलाई वडा तहदेखि अझ प्रभावकारी बनाउने विषयमा समेत सुझाव दिएका थिए।
कार्यक्रमको निष्कर्षमा पार्टीभित्रको आपसी समन्वय, एकता र सक्रियतालाई थप मजबुत बनाउँदै जनताको हित र स्थानीय विकासका एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

तपाईको प्रतिक्रिया