सुन्दरहरैँचा / मोरङकाे सुन्दरहरैंचा नगरपालिका–९ स्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहले शनिबार वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै करिब ८ हजार बिरुवा रोप्ने अभियानको सुरुआत गरेको छ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको थियाे । करिब ५.१० हेक्टर क्षेत्रफलमा ४ हजार साल, ३ हजार आस्ना तथा करिब १ हजार ९ सय फलफूल र अन्य प्रजातिका बिरुवा रोपिने वन उपभोक्ता समूहका अध्यक्ष सिताराम पाण्डेले जानकारी दिए।
कार्यक्रममा नगरप्रमुख गुरागाईंले वृक्षारोपणसँगै बिरुवाको संरक्षणमा सबैको जिम्मेवारी रहने बताए। डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले वनको अवस्था अनुसार साल तथा फलफूलका बिरुवा रोप्न प्राथमिकता दिइएको उल्लेख गरे। कार्यक्रममा जनप्रतिनिधि, वनकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।





