सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरस्थित प्रभात किरण इङ्ग्लिस स्कुलको आयोजनामा बुधबार दीक्षान्त समारोह तथा विद्यार्थी प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयमा अध्ययनरत २०८२ सालमा यूकेजी (UKG) तह उत्तीर्ण गरी हाल २०८३ सालमा कक्षा १ मा अध्ययनरत ४४ जना विद्यार्थीहरूको दीक्षान्त समारोह आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रामप्रसाद आचार्यले जानकारी दिए ।

समारोहमार्फत विद्यार्थीहरूलाई औपचारिक रूपमा नयाँ शैक्षिक यात्रामा प्रवेश गराइएको थियो। कार्यक्रममा एलकेजी (LKG) देखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले नृत्य, गीत, अभिनय लगायतका आकर्षक प्रस्तुति दिएपछि कार्यक्रम थप उल्लासमय बनेको थियो।

विद्यार्थीहरूको प्रतिभा अवलोकन गराउने उद्देश्यले एलकेजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका अभिभावकहरूलाई विशेष निमन्त्रणा गरिएको थियो ।अभिभावकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको विद्यालय प्रशासनले जनाएको छ।विद्यालयले यस्ता कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास अभिवृद्धि हुनुका साथै सिकाइलाई व्यवहारिक र मनोरञ्जनात्मक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया