सुन्दरहरैँचा / उर्लाबारीमा स्थापित पुर्वोत्तरी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लबको अध्यक्षमा घनश्याम भण्डारी निर्वाचित भएका छन् । शनिबार संस्थाको २२ औं चुनावी साधारण सभाबाट अध्यक्षमा भण्डारी र कोषाध्यक्षमा संगिता राई निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष र कोषाध्यक्ष पदमा चुनाव भएको थियो । अध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य पदमा सर्वसमत भएको थियो । अध्यक्षमा घनश्याम भण्डारीले ३२ मत प्राप्त गर्दा अर्का अध्यक्षका उमेद्वार विजय धिमालले १७ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्ष संगिता राईले ३३ मत प्राप्त गर्दा अर्का उमेद्वार संझना राईले १६ मत प्राप्त गरिन् । ५९ सदस्य रहेको संचार क्लव नेपालमा ५० मत खसेको थियो । अध्यक्ष पदमा खसेको मध्ये १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
नौ कार्य समिति रहेको संस्थाको उपाध्यक्षमा सुमन घिमिरे, महासचिवमा पुजन दास, सचिवमा दिपेन्द्र बराईली, सदस्यहरुमा खड्ग बेदना, छविलाल श्रेष्ठ रहेका छन ।नवनिर्वाचित अध्यक्ष घनश्याम भण्डारीले सबैलाई समेटेर संस्थाको श्रीवृद्धिमा लाग्ने प्रतिबद्धता जनाए । उनले क्लवको अधुरो भवन निर्माण सम्पन्न गर्ने चुनावी प्रतिवद्धता जनाए ।





