✍️ कमला प्रसाईं – साहित्यकार
अब जीवन जिउन पैसाको लागि राजनीति गर्ने जो कोही नेताहरुलाई जनताले कानूनी रुपमा कार्वाही गर्नैपर्छ त्यो भन्दैमा सिंहदरबार जलाएर मासुभातमा सोझा सिधा जनता भडकाउने अपराधीहरुलाई पनि खोजेर कार्वाही गर्नुपर्छ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका पत्रकार र रवि लामिछाने जी को समुहले खुश्बू ओलीको पुरानो बिषय जो 20 % पनि साँचो नभएको बिषयलाई लिएर बदनाम गर्न मिडियामा तम्सिएको देखिन्छ! जो मिडियाकर्मीले पहिले लिएको पुरानो अन्तर्वार्ता अहिले फेरि रविसङ्ग मिलेर यता खुष्बूको राष्ट्रवादी चरित्रमाथि आक्रमण भएको छ।
संसदमा खुश्बूले उनीहरुको सानो गल्ति के बोलेकी थिईन् त्यसको रिसले खुश्बूको भविष्यलाई तर्साउन शुरु मै प्रहार गराईएको हतियार हो मिडिया!?
नेपालका केही सस्ता मिडियाहरुले खुश्बूको बदनाम गर्दा बालेन र रवि कता गायव ???? कार्वाही गर्नु पर्दैन सस्ता मिडियाहरुलाई ????
अर्कोकुरा खुश्बूको बदनाम गर्दा रवि लामिछाने जी र उहाँको समूह खुसी हुन्छ भने रवि जी ले अमेरिकाको आफ्नो धरातल कति चाँडै बिर्सनु भयो है!
तपाईंको पनि त आफ्नै कहानी छ, परिवार छ
किन छोरीचेलीको बनेको घर बिगार्ने प्रयास गर्नु भएको छ अहिले?
तपाईं पनि आफ्नै कारणले नेपाल फर्कनु भएको छ! यस्ता धेरै कुराहरु हामीलाई राम्रो थाह छ! हिजोसम्म तपाईंको राम्रो कामको समर्थन गर्ने म आजबाट पछडि सर्दैछु किनकि नेपालमा राम्रो नेता भनेको अब दन्त्यकथामा सावित हुँदै गरेको देखिदैछ!
तपाईं पनि अमेरिकामा हुँदा घोडिएर काम गर्न नसकेपछि ठूलो महत्वाकांक्षा बोकी परिवार छोडेर किन नेपाल फर्कनु भएको हो त ? देश सिंगार्ने मान्छेले आफ्नो परिवारको बिचल्ली बनाउँदैनन्, पहिले आफ्नो स्वास्नी छोराछोरीको संरक्षण गर्छन् !
नेपाल गएर पनि सिधा जनताहरुलाई भेडाबाख्रा बनाएर प्रचण्ड पथमा देश जलाउन प्रोत्साहन गर्नु भएको छ। तपाईंहरु भन्दा त हामी राष्ट्रवादी छौं किनकि हामीले आफू जन्मेको देश र कर्मथलो दुबैको सम्मान गरेका छौ तर देश र देशका धरहराहरु जल्दा देशभित्र चुप लागेर राजनीति गर्ने तपाईंहरुको राजनीतिक पार्टी खै कस्तो पार्टी अनि कताबाट संचालित हुँदैछ ????
अब निष्ठाको राजनीति रहेन नेपालमा !
हेर्दै जाऔ देशले कस्तो कोल्टे फेर्ने हो!
मित्र रवि जी, बालेन जी , स्वर्णिम जी, हर्क जी कृपया निष्ठाको राजनीति गर्नु होला अनि आफ्नो ब्यक्तिगत फाईदाको लागि देशलाई बन्दकी बनाएर बिदेशबाट धेरै ऋण नलिनुहोला है। बालेन जी बिदेशबाट धेरै ऋण लिने काम बन्द गरौ।
आफ्नै देशमा रोजगारमुलुक कामहरुलाई प्रोत्साहन गरौ, कृषि उत्पादनमा जोड दिनुपर्छ, घरेलु उद्योगहरुलाई जोड दिऔ।
अन्तिममा एउटा अर्पण मात्र नभएर हजारौं अर्पण कोईराला जस्ता ब्यक्तिहरुले धेरै निर्दोष नेपाली दिदीबहिनीहरुको बिदेशमा हुँदा लव लाइफको माध्यमबाट नेपाली चेलीबेटीहरुलाई बदनाम गराउने कोसिस गरेका छन् , बिदेशी भूमिमा त्यस्ता हजारौं अर्पण छन् जसले आफ्नै देशका चेलीबेटीहरुलाई लव लाइफको नाममा टुक्राएका इतिहासहरु धेरै छन् ।
त्यसैले पहिले आफ्ना चेलीबेटीहरुको सम्मान गर्न सिकौ, त्यो निर्दोष चेलीको झरेको खुनको आँशुले र श्रापले तपाईंको सँसार जल्नेछ है , यो सरकारले पहिले नारीजातिको सम्मान गर्न सिकोस्।
हिजो आन्दोलनको नाममा एउटी आमा अनि नारीको छातीमा लात्ती हान्ने मुर्दारहरु अब फेरि यो सरकारले नजन्माओस्!
म पनि जर्नालिष्टको तालिम लिएर बसेकी मान्छे हुँ तर सस्तो पत्रकारिताको म घोर भर्त्सना गर्दछु। ।।
सुन्दरहरैँचा, माेरङ ~ हाल – अमेरिका





