मदन भण्डारी राजमार्ग विस्तारका लागि १३ हजार रुख काटिए
माेरङ / मदन भण्डारी राजमार्ग विस्तारका लागि सडक सीमाभित्र पर्ने १३ हजार ८३४ वटा रुख कटान गरि सकिएकाे छ।
सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वन क्षेत्रका रुखहरू हटाइएको हो। सडकको भोगाधिकारका लागि माग गरिएको कुल ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख काटिसकिएको योजना कार्यालयकी इन्जिनियर स्वस्तिका भट्टराईकाे भनाइ रहेको छ।।
सबैभन्दा बढी सुनसरी जिल्लामा ५ हजार ५०० रुख काटिएका छन...








